काठमाडौं । देशभर आज प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान जारी छ। निर्वाचनको दिन सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ। यसकारण काठमाडौं उपत्यकाका सडकहरू सुनसान देखिएका छन्। ट्राफिक प्रहरीले अनुमति प्राप्त सवारी बाहेक अन्य सवारी सञ्चालन नहोस् भनेर कडाइका साथ जाँच गरिरहेको छ।
बिरामी बोकेका गाडी, एम्बुलेन्स, र कूटनीतिक नियोगका सवारीजस्ता अनुमति प्राप्त गाडीहरूलाई सञ्चालनमा कुनै रोक छैन। सडकमा सवारीको संख्या कम भएकाले काठमाडौंका सडकहरू सुनसान देखिनु स्वाभाविक छ।
अनुमति नलिई सञ्चालन गरिएका सवारीलाई भने रोक लगाइएको छ र यस्ता सवारी साँझ ५ बजेपछि मात्रै सञ्चालन गर्न दिइनेछ। अनुमति नपाएका सवारीलाई सडकमै रोकेर राखिएको छ। कतिपय मतदान केन्द्रहरू सडकछेउमा रहेकोले मतदाताहरू सडकमै लाइन बनाएर मतदान गरिरहेका छन्।
प्रतिकृया दिनुहोस्








