पर्सा क्षेत्र नम्बर-१ बाट रास्वपाका उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) विजयी

वीरगन्ज । पर्सा क्षेत्र नम्बर-१ बाट रास्वपाका उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) विजयी भएका छन् । रास्वपा उम्मेदवार पन्तले एमालेका प्रदीप यादवलाई १४ हजार भन्दा बढी मतले पछि पार्दै विजयी भएका हुन ।

पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनको निकटम प्रतिद्वन्द्वी प्रदीप यादवले भने १३ हजार ३० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी कांग्रेसका अनिल रुंग्टाले ११ हजार ८८५ मत प्राप्त गरेका छन् ।

पर्सा क्षेत्र १ मा रहेको ८९ हजार ६ सय ३८ मतदाता रहेकोमा ६१ हजार ३ सय ६ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.