आज सुनचाँदीको भाउ सामान्य बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ सामान्य बढेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

हिजो तोलाको ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेर तोलाको ५ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.