२ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाण्डौं । हिजो र अस्ति समान भाउमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अस्ति मंगलबार ४ सय रुपैयाँले बढेको थियो । हिजो सुनको भाउ अस्ति मंगलबारजस्तै तोलाको ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ८५ रुपैयाँ घटेर तोलाको ५ हजार २ सय ८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.