घरदैलोमै मत माग्दै ताप्लेजुङका उम्मेदवार

ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँका उम्मेदवार घरदैलोमा व्यस्त छन् । यहाँ १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित १३ दलका उम्मेदवार घरदैलो अभियानमा सक्रिय भएका छन् ।

कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ,नेकपा (एमाले)का क्षितिज थेबे, नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापा कार्यकर्तासहित घरदैलोमा छन् ।

यसैगरी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मुक्साम लाबुङ, नेपाल जनमुक्ति पार्टीबाट इन्द्रकुमार लिम्बू, श्रम संस्कृति पार्टीबाट सन्तोष राई, जनता समाजवादी पार्टीबाट अरुण सुब्बा, जनता समाजवादी पार्टी नेपालबाट सूर्य गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट नरपती पौडेल, उज्यालो नेपाल पार्टीबाट कृतिमान मादेन तथा मङ्गल नेसनल अर्गनाइजेसनबाट सन्तबहादुर लिम्बू मत माग्न गाउँबस्तीमा छन् ।

यहाँका मतदाताले पनि उम्मेदवारसँग आफ्ना समस्यासँगै सडक, खानेपानी, स्वास्थ्य सेवा र रोजगारीलाई विशेष रूपमा उठाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.