मकवानपुर । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज बिहिबारको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा इटालीले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । सुपर आठमा प्रवेशको सम्भावना कायम राख्नको लागि दुवै टिमलाई आजको खेलमा जित निकाल्नु जरुरी छ ।
दुवै टिमले एक-एक खेल हारेका छन । नेपालले इग्ल्यान्डसंग भएको प्रतिस्पर्धामक खेलमा चार रनले हार व्यहोरेको थियो भने इटालीले स्कटल्यान्डसंग हारेको थियो । आजको खेल जित्ने सुपर आठमा प्रवेशको सम्भावना कायम रहने छ ।
प्रतिकृया दिनुहोस्







