सुनको मूल्य घट्यो

मकवानपुर । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मूल्य बढेको छ। हिजोको तुलनामा सून पाँच सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ९ सय कायम भएको छ भने चाँदी प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला तीन लाख १५ हजार ४ सय र चाँदी प्रतितोला पाँच हजार ७ सय २५ रुपैयाँ निर्धारण भएको थियो।

गत बुधबार छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ९ सय र एक तोला चाँदीको पाँच हजार ५ सय ८५ निर्धारण भएको थियो। गत सोमबार एक तोला छापावाल सुन तीन लाख १३ हजार ५ सय र चाँदी प्रतितोला पाँच हजार ५ सय ९५ मा खरिदबिक्री भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १ सय ८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.