नुषा निर्वाचन क्षेत्र नम्बर १ रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजीविरूद्धको रिटमा सुनुवाइ

मकवानपुर । नुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजीविरूद्धको रिटमा सुनुवाइ हुने भएको छ।

सोमबार न्यायाधीश किशोरी साह कमलको इजलासमा सुनुवाइ हुन लागेको हो।

निर्वाचन आयोगले कमल बैंक तथा वित्तीय संस्थासम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले उनलाई कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरेको थियो। उनको कमल निर्माण सेवा प्रालि २०८० माघ २२ गतेदेखि बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको कारण कालोसूचीमा परेको थियो।

बैंकको ऋण नतिरेको, चेक बाउन्स भएको लगायतका मुद्दा लागेपछि सम्बन्धित पक्षलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ।

यसरी उम्मेदवारी खारेजीविरूद्ध उनी फागुन १९ गते सर्वोच्च पुगेका थिए।

उम्मेदवारी खारेज भए पनि धनुषा-१ मा मतगणना भइरहँदा रास्वपाले नै धेरै मत पाएको छ। धेरै मत पाएपछि निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ।

सर्वोच्चको आदेश अनुसार मात्रै निर्वाचनको मतपरिणाम सार्वजनिक हुने भएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.