खाडी क्षेत्रको द्वन्द्वले विश्वमा असर पार्न सक्छ :शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा चलिरहेको युद्धका कारण त्यहाँ काम गरिरहेका नेपाली श्रमिकहरू त्रासमा रहेको बताएका छन् । साथै उनले सम्भावित तेल र ग्यास अभाव तथा बढ्दो मूल्यवृद्धिले समग्र बजार प्रणालीमा असर पार्दै जनजीवन अझ कठिन बन्ने संकेत देखिएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले यस्तो संवेदनशील समयमा नेपाली समाजले धैर्य र संयम कायम राख्नु अत्यन्त आवश्यक भएको जनाएका छन् ।

‘साथै, अब बन्ने सरकारले पनि सम्भावित प्रभावलाई कम गर्न ठोस योजना र तयारी सुरु गर्नुपर्छ’, महासचिव पोखरेलले भनेका छन्,‘अन्यथा, यो संकट केवल आर्थिक वा मानवीय संकटमा मात्र सीमित रहने छैन; यसले भविष्यमा भूराजनीतिक तनावलाई समेत निम्त्याउन सक्छ। गम्भीर बनौँ, सजग बनौँ ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.