आज पनि बढ्यो सुनको भाउ

मकवानपुर । नेपाली बजारमा आज (शुक्रबार) पनि सुन-चाँदीको भाउ बढेको छ।

बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ आज एक हजार तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।

बिहीबार सुन प्रतितोला दुई लाख ९८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

बिहीबार प्रतितोला पाँच हजार एक सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार दुई सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.