आज सुनको भाउ घट्दा चाँदीको बढ्यो

काठमाण्डौं । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ भने सामान्य बढेको छ । सुनको भाउ हिजोको तुलनामा एक हजार ४ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको २ लाख ९८ हजार ५सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ लाख ९९ हजार ९ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ भने थोरै बढेको छ । चाँदीको भाउ आज ६५ रुपैयाँले बढेर तोलाको ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ ५ हजार २ सय ७५ रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.