सुनकाे भाउ ३०० रुपैयाँले बढ्याे

काठमाण्डौं । सुनको भाउ आज सामान्य बढेको छ । सुनको भाउ ३०० ले बढेर तोलाको ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार २०० रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ३५ रुपैयाँले बढेर तोलाको ५ हजार ७४५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.