सुनको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार (जेठ ३) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा चार हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार रुपैयाँ कायम छ । शुक्रबार (जेठ १) छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.