काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत समूह एफको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हराउँदै विजयी शुरुवात गरेको छ ।
मेक्सिकोमा केहीबेरअघि सम्पन्न खेलमा स्वीडेनका यासिन अयारीले २ तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले १–१ गोल गरे ।
ट्युनिसियाका ओमार रेकिकले १ गोल गरे । जितपछि स्वीडेनले ३ अंक जोडेको छ ।
यसै समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेल्दै अंक बाँडेका थिए । नेदरल्यान्ड्सले र जापानले समान १ अंक जोडेको छ भने ट्युनिसिया अंकविहीन छ ।
प्रतिकृया दिनुहोस्









