गगन थापा : दोषी मेरो परिवारको भए पनि जोगिँदैन

मकवानपुर । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले २०४६ पछिका सबै काण्डको छानबिन गरेर कारबाही गर्ने बताएका छन् ।

बिहीबार सुर्खेतमा कांग्रेसले आयोजना गरेको बृहत् सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।

‘२०४६ साल पछाडि भएका भनिएका र सुनिएका प्रत्येक काण्डहरूको छानबिन गर्ने मात्र होइन, त्यो काण्डमा संलग्न मेरै परिवारको सदस्य रहेछ भने पनि त्यो एक जना मानिस पनि बच्दैन’, सभापति थापाले भने, ‘ पाँच वर्षको कार्यकालमा कांग्रेस सभापतिको हैसियतले भन्दै छु–एउटा काण्ड पनि नेपाली कांग्रेसको सरकारले गर्‍यो भन्ने कुरा एउटा नागरिकले पनि सुन्नुपर्दैन ।’

उनले आफूहरू ती कुराहरू बदल्ने गरी आएको भन्दै पाँच वर्ष परिवर्तन र बदलावको वर्ष बनाउने दाबी गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.