राक्सिराङमा बोलेरो जीप ब्रेक फेल: दुई जना घाइते

मकवानपुर । मकवानपुरको राक्सिराङ–५, बङकिङस्थित भित्री सडकखण्डमा बोलेरो जीप ब्रेक फेल भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

मंगलबार बिहान लापुरबाट मनहरी बजारतर्फ आउँदै गरेको ना ४ च ४२७३ नम्बरको प्लाई/रड लोड गरेको बोलेरो गाडी ब्रेक फेल भई सडकबाट ४० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानाएकोे छ ।

दुर्घटनामा बोलेरो चालक राक्सिराङ–५ का २४ वर्षीय संजोक प्रजा र सोही गाडीमा सवार ३४ वर्षीय सोमबहादुर प्रजा घाइते भएका छन् । घाइते दुवै जनाको मनहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.