बारा–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहवर अन्सारी निर्वाचित

बारा । बारा–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहवर अन्सारी निर्वाचित भएका छन् ।

अन्सारी ४१ हजार २०० मतसहित निर्वाचित भएका हुन् । अन्सारी निर्वाचनको सम्मुखमा नेकपा त्यागेर रास्वपा प्रवेश गरेका हुन् ।

उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण कुमार यादवले ११ हजार ६३९ मत पाएका छन् । उनीहरूबिच २९ हजार ५६१ मतान्तर छ ।

तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी, नेपालका सञ्जु साह कानु ७ हजार ५९३ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.